Sunday, June 12, 2011

सन २०११ मे ५ तारिखदेखि २७ तारिखसम्म १ सय ९६ जनाले सगरमाथाको सफल आरोहण गरेका छन

सोलुखुम्बु-सन २०११ मे ५ तारिखदेखि २७ तारिखसम्म १ सय ९६ जनाले सगरमाथाको सफल आरोहण गरेका छन । मन्त्रालयबाट अनुमती लिएका ४२ टोलीमा सहभागीमध्ये १ सय ९६ जनाले सगमाथाको सफल आरोहण गरेको सगरमाथा आधार शिविरको तथ्याङमा उल्लेख छ । तथ्याङका अनुसार यस बीचमा सगरमाथा आरोहणका लागी गएका २ जना विदेशी सहित १ नेपालीको मृत्यु भएको छ ।
सगरमाथा आरोहण कै क्रममा दुई विदेशी नागरिकको हातखुट्टाको औला गुमेको तथा १० जना पर्वतारोही अस्वस्थ्ताका कारण थप उपचारको लागी काठमाण्डौ पठाइएको आधार शिविरको तथ्याङलाई उदृत गर्दै हाम्रा प्रतिनिधी आङ फुला शेर्पाले जानकारी दिनुभएको छ ।
यस्तै ताप्लेजुङ्गकी एक महिलाले दुई पटक सगरमाथाको सफल आरोहण गरी नया किर्तिमान कायम गर्नुभएको छ । अन्य ३ जना महिलाको यो लक्ष्य असफल भएको बताईएको छ । लामा पोसाकमा सजिएर पनि एक नेपालीले सगरमाथाको सफल आरोहण गरेको पनि हाम्रा प्रतिनिधी शेर्पाले जानकारी दिनुभयो । 
उता सगरमाथाको शिखरबाट दुई नेपालीले एउटै प्यारासुटमा उडेर स्याङबोचे विमानस्थलमा ओर्लन सफल भएका छन । सगरमाथाको आधार शिविरमा रहेर विगत ८ बर्षदेखि उपचार सेवा पुर् याउदै आएको हिमालयन रेस्क्यु एसोसियनले यस बर्ष ५ सय ३५ जनालाई उपचार सेवा प्रदान गरेको छ ।

No comments:

Post a Comment